माछापुच्छ्रे विद्यालय, कुसुन्ती, ललितपुरले विद्यार्थी भाइ–बहिनीहरुलाई विद्यालयको सीमित पाठ्यक्रम र विद्यालयको चौघेरामा मात्र सीमित नगराइ कक्षा ८ र ९ का विद्यार्थीहरुलाई मिति २०७६/०३/०९ गते आइतवारका दिन विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको भ्रमण गराइएको छ । विद्यार्थीहरुले भ्रमणका क्रममा दरबारका पुराना मानव निर्मित कलाकृति र नेपाली संस्कृतिसँग सम्बद्घ सामाजिक जनजीवनका विविध पक्षको अवलोकन गरेका छन् । पाठ्यक्रममा समाविष्ट दैनिकी लेखन, अनुच्छेद लेखन, मध्यकालीन सामाजिक जीवनशैली र कलाकृति निमार्णमा प्रविधिको प्रयोगको समेत यस भ्रमणबाट ज्ञान हासिल गरेका छन् । भ्रमणपछि विद्यार्थीहरुले सङ्कलन गरेका बुँदाहरुका आधारमा दैनिकी लेखन, अनुच्छेद लेखन, मध्यकालीन सामाजिक जीवनशैली र कलाकृति निमार्ण जस्ता गृहकार्यहरु गर्न सक्षम हुनेछन् । यसकारण यो शैक्षिक भ्रमण उपलब्धीपूर्ण रहेको देखिन्छ ।